नियम ११
दाना पदार्थको जिम्मा
(१) दाना जाँचकीले कुनै दाना पदार्थ दुषित छ भन्ने
शंका लागि यस नियमावली बमोजिमको त्यस्तो दाना पदार्थको नमूना लिई
सकेपछि सो पदार्थ बिक्री वितरण वा हिनामिना नहुने गरी रोक्का राख्नु पर्ने
देखेमा स्थानीय अधिकारीको स्वीकृति लिई सो पदार्थको स्टक सम्पूर्ण वा शंका
लागेसम्मको अंशमा लाहाछाप लगाई आफ्नो जिम्मा राख्न सक्नेछ र यसरी
जिम्मा लिएको दाना पदार्थको अनुसूची–५ मा तोकिएको ढाँचाको भरपाई
सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आफ्नो जिम्मा राख्न आवश्यक नपर्ने वा
सम्भव नहुने देखेमा त्यस्तो दाना पदार्थको धनीलाई सो लाहाछाप लगााइएको
पदार्थ सुरक्षितसाथ राख्ने कागज गराई अनुसूची–६ बमोजिमको ढाँचामा
आदेश दिनु पर्नेछ ।